एक वर्षमै १२ हजार वटाभन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडी भित्रिए

साउन १०, २०८१ 2024-07-25 मा प्रकाशित
Published at 2024-07-25

95 views

काठमाडौँ । गएको आर्थिक वर्ष २०८०/८१ मा नेपालमा १२ हजार वटाभन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडीको आयात भएको छ ।

भन्सार विभागका अनुसार गएको वर्ष विभिन्न देशबाट १२ हजार एक सय ४७ वटा विद्युतीय गाडी नेपालमा भित्रिएका हुन् । यो अघिल्लो आर्थिक वर्ष २०७९८० को भन्दा एक सय ९२ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा चार हजार पाँच सय १३ वटा विद्युतीय गाडी भित्रिएका थिए ।

गएको वर्ष नेपालमा आयात भएका १२ हजार एक सय ४७ वटा गाडीमध्ये ७२ प्रतिशत चीनबाट आयात भएका छन् । चीनबाट नाै हजार पाँच सय ११ वटा विद्युतीय गाडी आयात भएको भन्सार विभागले जनाएको छ । चीनबाट आयात हुने गाडीमध्ये बीवाईडीको हिस्सा सबैभन्दा धेरै छ । चीनबाट ओमोडा, एमजी, डिपल, सेरेस, किङलङ, केवाईसी, नेटा, ग्रेट वाल मोटर्स लगायत गाडी भित्रिएका छन् ।

यस्तै नेपालमा आयात भएका विद्युतीय गाडीमध्ये भारतबाट तीन हजार चार सय ३६ वटा आयात भएका छन् । भारतबाट टाटा, सिट्रोन, महिन्द्रा जस्ता ब्रान्डका गाडी पनि भित्रिएका छन् । यसैगरी कोरिया, इन्डोनेसिया लगायतका देशबाट पनि विद्युतीय गाडीको आयात भएको छ ।

समग्रमा गएको आर्थिक वर्षमा ३३ अर्ब ७८ करोड रुपैयाँ बराबरका चार पाङ्ग्रे विद्युतीय गाडी आयात हुँदा सरकारले १४ अर्ब ३४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.