काठमाडौं,चैत १७ । नेपाली कांग्रेस भक्तपुरका युवा नेता अशोक ढुंगेल नयाँ शक्तिमा प्रवेश गरेका छन् ।
बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै नयाँ शक्तिमा लागेको घोषणा गरेका हुन् । ढुंगेलले आफू “समृद्धि र विकास भएकोले त्यो एजेण्डा बोकेर गठन हुन लागेको नयाँ शक्ति नेपालमा आजै देखि समाहित” भएको जानकारी दिएका छन् ।
प्रेस विज्ञप्ति
म लामो समय देखि नेपाली कांग्रेसको विभिन्न तहमा जिम्मेवारी पुरा गर्दै आएको कार्यकर्ता हु“ । तर नेपाली कांग्रेसमा देखिएको पुरातनवादी मानसिकता, अन्तर पार्टी लोकतान्त्रिक अभ्यासको नाममा भित्रिएको कुसंस्कृति र युवाहरुको भुमिकालाई न्यूनीकरण गर्नै प्रवृतिको कारण त्यस पार्टीमा रहेर राजनीति गर्ने अवस्था रहेन ।
लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको र अव देशको मूल एजेण्डा समृद्धि र विकास भएकोले त्यो एजेण्डा बोकेर गठन हुन लागेको नया“ शक्ति नेपालमा आजै देखि समाहित भएको छु । साथै इमान्दार र जागरुक तरुण साथीहरुलाई नयाँ शक्ति निर्माण अभियानमा जुट्न हार्दिक आव्हान समेत गर्दछु ।
15.97¡ÆC