प्रभावकारी रुपमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने माओवादी केन्द्रको निर्णय

साउन ६, २०८१ मा प्रकाशित | 274 views


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सङ्घीय संसद्मा सशक्त रुपमा प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले जनसरोकारका विषयमा प्रभावकारी ढङ्गले आफ्ना विषय राख्ने निर्णयसमेत गरेको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लाग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय बैठकले गरेको छ । प्रतिपक्षी दलहरुलाई साथमा लिएर जनसरोकार र राष्ट्रिय हितका विषयमा सशक्त रुपमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने माओवादीले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

संसदीय दलको बैठकमा संसदीय दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक अवस्था र संसद्मा सांसदहरुले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web