काठमाडौं,साउन २ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पनि काँग्रेस–नेकपा माओवादी केन्द्रवीच बनेको नयाँ गठबन्धनलाई एमालेले देशी विदेशी शक्तिको ईशारामा बनेको भनेर निराधार आरोप लगाएको बताए । उनले भने,‘हिजो माओवादीले सरकार बनाउ एमालेलाई सहयोग गर्दा एकदमै राम्रो भयो, आज सरकारबाट बाहिरिँदैमा दक्षिणको वा उत्तरको प्रभाव पर्यो भन्ने कुरा गलत हुन् ।’ नेता केसीले प्रचण्डको नेतृत्वमा सरकार बन्दा मुलुकले निकास पाउने काँग्रेसले विश्वास लिएरै नै नेकपा माओवादीसँग सहमति गरेको दाबी गरे ।

उनले एक दलले अर्को दलको विरुद्धमा दोषारोपण गरेर समय खेर फाल्न नहुने तर्क गरे । राजनीतिक दलहरुवीच तित्तता रहेपनि संविधान कार्यान्वयन र पूर्ननिर्माणको लागि मिलेरै अघि बढ्नुपर्ने उनको भनाई थियो । नयाँ सरकार बन्न कुनै संवैधानिक जटिलता नभएको स्पष्ट पार्दै भने,‘नयाँ सरकार २९८ को धारा बमोजिम नै बन्छ, यसमा कसैले विवाद गर्नु राम्रो हुँदैन् ।’ प्रधानमन्त्री अल्पमतमा परिसकेको दावी गर्दै उनले भने,‘लोकतान्त्रिक विधि र प्रक्रियालाई सबैले आत्मसात गर्नुपर्छ ।’ यद्धपी प्रधानमन्त्रीले संवैधानिक विशेषाधिकारको प्रयोग गर्दै संसदमा अविश्वासको प्रस्ताव फेस गर्न सक्ने बताए । प्रधानमन्त्रीले संसद नै विघटन गर्ने हल्ला छ नि भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘त्यो प्रयास नै उपहास हुनेछ ।’ उनले अविश्वासको प्रस्ताववारे प्रक्रिया दु्रत गतिमा चले अबको दुई साताभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने दावी गरे ।

30.12¡ÆC