
नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अबिरलले भोलि साउन ३ बाट सबै ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) वितरण गर्न र अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम शुरु गर्न पञ्जीकरण शाखालाई निर्देशन दिनुभएको छ ।
भोलि साउन ३ देखि ४, ६ ,७ र ८ गते वडा वडामा सक्रिय रूपमा खटिएर सहयोग र सहजीकरण गरिदिन अध्यक्ष अधिकारीले वडा अध्यक्षहरूलाई आग्रह गर्नुभएको छ । अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत गाउँपालिकाले ३३ महिनामा वडा वडामा कार्यक्रम गरी सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकहरूको नि:शुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गर्दै आएको छ ।
आर्थिक बर्ष २०८०/०८१ सामाजिक सुरक्षा भत्ता बितरण २०८१/०४/०२ गते आज वडा नं. ५ मा वितरण भएको र ३ गते वडा नं. ६ मा, ४ गते वडा नं. १ मा, ६ गते वडा नं. ४, मा ७ गते वडा न ३ मा र ८ गते वडा नं. २ मा सम्पुर्ण वडाहरुको टोलटोलमै बितरण हुने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
17.8¡ÆC