नवनियुक्त प्रधानमन्त्री ‌ओलीले आज शपथ लिने

असार ३१, २०८१ मा प्रकाशित | 261 views


काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै छन् । बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई शपथ गराउने कार्यक्रम रहेको शीतलनिवासले जनाएको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा विश्वासको मत नपाएपछि ओली मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्त भएका हुन्। ओलीलाई राष्ट्रपति पौडेलले आइतबार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

७३ वर्षीय ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् । कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सरकार गठनको सहमति भएको थियो । 

सोही सहमतिअनुसार पहिलो कार्यकालका लागि ओली प्रधानमन्त्री बनेका हुन् । सकेसम्म सोमबार नै मन्त्रिपरिषद्लाई  पूर्णता दिने गर्ने तयारी भएको नेताहरूले बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web