
नुवाकोट । अविरल वर्षासंगै आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले गहिरो दुख व्यक्त गर्नुभएको छ ।
यसवर्षको मनसुन सुरु भएसँगै अहिले देशको विभिन्न स्थानमा बाढी र पहिरोको समस्या देखिन थालेकाले पालिका भित्र पनि आउन सक्ने त्यस्ता सम्भावित जोखिम व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार पालिका भित्रका मुख्य सडक र अन्य स्थानमा अवरोध आए तत्काल व्यवस्थापनका लागि तल्लो र माथिल्लो भेगका लागि छुट्टाछुट्टै जेसिभी मेसिनसहित अन्य उपकरण तयारी अवस्थामा राखिएका छन् । आउजाउ गर्न बाधा अबरोध भएमा तत्काल पालिकामा सम्पर्क गर्न र विपतको समयमा सबै एकजुट भएर त्यसको प्रतिकारको लागी सहयोग पुराउने उहाँले आग्रह गर्नुभयो ।
अहिलेको बर्खायामको समयमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सचेत र सुरक्षीत रहन पनि आमनागरिकलाई आग्रह गर्दै पानी परेको बेलामा खोला, नदि किनार सहित अन्य जोखिम पुर्ण क्षेत्रमा नजान पनि आग्रह गर्नुभएको हो ।
विपतको समयमा कहीकतै पहिरो गएमा खुलाउन ठूला उपकरण, कही कतै रोग सक्रमण फैलिएमा औषधि सहितको स्वास्थ्यकर्मीको टिम, पहिरो जानसक्ने अवस्था देखिएमा तथा गएमा स्थलगत जाँचबुझ गर्नको लागी प्राविधिक टिमलाई तयारी अवस्थामा राखेको छ । त्यसैगरेर विपत भएमा तत्कालै उद्धार, उपचार, खोजतलास एंव सुरक्षित स्थानमा स्थान्तरणको लागी राहतको प्रबन्ध सहित प्रतिकार्य टोलीलाई तयारी अबस्थामा राखिएको अध्यक्ष शिव अधिकारी (अबिरल)ले जानकारी दिनुभयो ।
18.33¡ÆC