माझी गाउँ सामुदायिक वनलाई बागमती प्रदेशको उत्कृष्ठ पुरस्कार

असार २८, २०८१ मा प्रकाशित | 224 views


हेटौँडा । यस वर्षको बागमती प्रदेश स्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कार नुवाकोट जिल्ला विदुर नपा. ८ मा रहेको माझी गाउँ सामुदायिक वन उपभोक्ता समूहले प्राप्त गरेको छ ।

मकवानपुर जिल्ला हेटौँडा ९ मा रहेको बेतखोल्सी सामुदायिक वन उपभोक्ता समूहले दोश्रो र चितवन जिल्ला कालिका नपा. ५ मा रहेको भिमली सामुदायिक वन उपभोक्ता समूहले तेश्रो पुरस्कार प्राप्त गरेका छन । पुरस्कारको राशी प्रथमलाई ४५ हजार दोश्रोलाई ३३ हजार र तेश्रोलाई २२ हजार रहेको छ ।

वन निर्देशनालय हेटौँडाका अधिकृत लोकनाथ लम्सालको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनौट उपसमितिले ३ वटा सामुदायिक वन समूहलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

बागमती प्रदेशको १३ वटा जिल्लामा रहेका ४ हजार ५ सय भन्दा बढी समूहबाट छनौट भएका सामुदायिक वन समुह मध्ये उत्कृष्ट ३ वटा समूह छनौट गरिएको पुरस्कार छनौट समितिका सदस्य विनोद कुमार पौडेलले बताए ।

पुरस्कृत समूहले वनको ब्यवस्थापन, पर्यापर्यटकिय क्षेत्रको निर्माण, महिलाको लागि आयआर्जनका कार्यक्रम, संस्थागत विकास, आर्थिक पारदर्शीता, वन्यजन्तुको संरक्षण लगायतका कामहरु गर्दै आएका छन ।

२०८० सालदेखि प्रदेश स्तरीय उत्कृष्ट पुरस्कार दिन शुरु गरिएको हो । २०८० सालको प्रदेश स्तरीय उत्कृष्ट पुरस्कार मकवानपुर जिल्ला हेटौडा ६ मा रहेको रानी सामुदायिक वनले प्राप्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web