पहिरोबाट झरेको ढुंगाले लागेर बसचालकको मृत्यु

असार २८, २०८१ मा प्रकाशित | 162 views


काठमाडौँ । चितवनको भरतपुरमा पहिरोबाट खसेको ढुंगाले लागेर बसचालकको मृत्यु भएको छ ।

भरतपुर-२९ सत्रकिलो स्थित नारायणगढ-मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाइ अचानक माथिबाट पहिरोसँगै खसेको ढुंगा लाग्दा चालक जिल्ला नवलपरासी सुनवल ४ का ३६ को मेघनाथ बिकको मृत्यु भएको हो ।

ढुंगा लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि भरतपुर लगिएको थियो। उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ ।

बसमा सवार अन्य यात्रु भने सुरक्षित रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web