दूध बेची चिया पिउने नेपालीको बानी !

असार २६, २०८१ मा प्रकाशित
Published at असार २६, २०८१

587 views

✍️✍️ शंकर थापा, दुप्चेश्वर गाँउपालिका, नुवाकोट ।

दूध बेची चिया पिउने नेपालीको बानी,
घिउ बेची रक्सी खाँदा कति गर्ला हानी,
साग सिस्नु ढिंडो रोटी हेला गरि बस्यौं ,
बाहिरका अखाद्यमा रमाएर फस्यौं,
हातमा टुकी लिइ कन आगो खोजी गर्ने ,
आफ्नो शक्ति नचिनेर अरुको भर पर्ने,
आफन्तमा मनमोटाब छिमेकीमा द्वन्द ,
आफैं भित्र नमिल्दामा समृद्धि भो मन्द,
कुरा काट्छौं पराइको मानो खान्छौं बसी,
पराइको प्रगतिमा पछुताउछौं पछि ,
क्षणिक लाभमा पछि लाग्ने दिगोपन छैन,
दिगो सोच राख्ने व्यक्ति त्यो नेपाली हैन,
भन्ने अर्थ लाग्न थाल्यो हाम्रो बानी देख्दा,
हिनताबोध हुन जाला यस्तो कुरा लेख्दा,
कुरा मात्र काट्छौं हामी सिन्को भाँच्ने हैन,
यस्तो प्रथा अन्य कतै मुलुकमा छैन,
श्रम गर्ने बानी छैन शोषण गर्न लाग्ने,
दलाल तस्कर अवैध धन्दा अझै सत्ता ताक्ने,
आफ्नो आंगको भैंसी पनि नदेखे झैँ गर्ने,
अरुकोमा जूम्रा देखाइ खिसिटिउरी गर्ने,
अतिवादी अन्धभक्त मपाईं मौलाउंदा,
अधैर्य भै उक्साहटमा सबै बौलाउँदा,
विदेशीको इसारा र प्रलोभनमा परि ,
सद्भाव हाम्रो बिगृएला नमेटिने गरि,
आफ्नो धर्म संस्कृति र परम्परा धानौं,
हामी सबै नेपाली हौं सम्मान गर्न जानौं
नेपालीलाई नङ्ग्याउने नौलो जासुस पस्यो,
गृह युद्ध गराउने षड्यन्त्रमा फस्यो,
इन्डिया र अमेरिकी सेना नेपाल पस्ने,
द्वन्द समाधान गर्ने निहुँ बनाई बस्ने,
उद्देश्य चैं चाइना अनि तिब्बतलाई घेर्ने,
नेपाललाई रणभूमी बनाइ राज गर्ने,
अब हामी नेपालीले बुझ्नु परेको छ,
विदेशीको दलाललाई खेद्नु परेको छ,
रचना : २०८०/०६/०९
प्रकाशन :२०८१/०३/२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.