कोही त भनीदेऊ न, ‘सबै ठीक हुन्छ’ ?

भदौ २६, २०८२ मा प्रकाशित | 3765 views

कोही त भनीदेऊ न, ‘सबै ठीक हुन्छ’ ?

म उभिएको छु, सर्वोच्च अदालतको जलेर खरानी हुँदै गरेको चिता अघि।

आशाहीन, दिशाहीन, आफ्नो वर्तमानको टिलाञ्जली दिएर, आफ्नो भविष्य यही जली रहेको चिताको धुवाँसँग धुम्मिएको देख्दै।
म, मेरो देशमा संविधानले अन्तिम सास फेरिरहेको अनुभव गर्दै छु। मैले कात्रोमा, “मेरो भविष्य?, मेरो देश?” मा अनुत्तरित प्रश्नचिन्ह लगाएर संविधानलाई ओडाइदिन ठिक्क परिसकेको छु।

यो विनाश देख्दा मन दिक्कताले भरिएको छ, आँसु थाम्न गार्हो छ। म कसलाई धिक्कारूँ? कुन काँधमा आध लिएर यो पीडा पोखूँ?
ए! कोही त जवाफ देऊ न मेरो अनुत्तरित प्रश्नको, कोही त भनीदेऊ न, ‘सबै ठीक हुन्छ’ भनेर।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web