बगरबजार सामुदायिक स्वास्थ इकाईमा दन्त शिविर सम्पन्न

असार २६, २०८१ मा प्रकाशित | 223 views


नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नं.२ को बगरबजार सामुदायिक स्वास्थ इकाईमा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

लिखु गाउँ पालिका वडा नं.२ र बगरबजार सामुदायिक स्वास्थ इकाईको आयोजना र अराउण्ड पिपुल प्रा.लि. को प्राविधिक सहयोगमा बगरबजार सामुदायिक स्वास्थ इकाईमा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा १ सय ८७ जना बिरामीहरूको चेक जाच भएको लिखु गाउँ पालिका वडा नं.२ को वडाध्यक्ष प्रेम बहादुर थापामगरले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web