किस्पाङमा यो वर्ष ७०.८६ प्रतिशत बजेट खर्च

असार २५, २०८१ मा प्रकाशित | 243 views


काहुले । नुवाकोटको किस्पाङ गाँउपालिकाले यो वर्ष करीब ७१ प्रतिशत बजेट खर्च गरेको छ । गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले यो वर्षको खर्च तथा भुक्तानी लेखाङ्कन सम्बन्धि कार्य सम्पूर्ण बन्द भए पश्चात जारी गर्नुभएको सूचना अनुसार पालिकाले चालु र पुँजीगत गरेर ७०.८६ प्रतिशत खर्च भएको जानकारी दिइएको हो ।

उहाँले जारी गरेको सूचना अनुसार किस्पाङमा यो वर्षको लागी चालुतर्फ बिनियोजित बजेटबाट कुल २१ करोड १८ लाख रुपैयाँ खर्च भएको छ । उक्त खर्च ७२.३४ प्रतिशत रहेको छ । यस्तै पुँजीगततर्फ बिनियोजित बजेटमा ११ करोड ९५ लाख रुपैयाँ अर्थात ६८.४ प्रतिशत खर्च रहेको छ ।

यो आर्थिक वर्ष २०८०–८१ को यो वर्षको लागी बिनियोजित भएको बजेट मध्ये सोमबार राती खर्च तथा भुक्तानी लेखाङ्कन सम्बन्धि कार्य सम्पूर्ण बन्द हुदाँको बखतसम्म चालु र पुँजीगततर्फ गरेर कुल ३३ करोड १३ लाख रुपैयाँ (७०.८६ प्रतिशत) खर्च भएको छ । अब खर्च तथा भुक्तानी लेखाङ्कन सम्बन्धि कार्य सम्पूर्ण बन्द भएकाले बाँकी रकम खर्च हुनबाट बचत भएको हो ।

गाँउपालिकाले चालु आर्थिक वर्षको लागी बिनियोजित योजनाहरुको सम्झौता, कार्यादेश, काम सम्पन्न गर्नको लागी समयसीमा निर्धारण गर्दै आर्थिक वर्षको अन्तिम समयसम्म लाग्ने गरेका विगतका परम्परामा सुधार गर्दै बिनियोजित बजेटको खर्चलाई निर्धारित समयमा नै कार्यान्वयनमा ध्यान दिएको प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

गाँउपालिकाको अध्यक्ष बीरबल तामाङ, उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाँउसभा सदस्यहरु, कर्मचारी, उपभोक्ता समिति, लाभग्राही किस्पाङबासी तथा सम्पूर्ण सरोकारवालाहरुको सहयोगबाट बजेट कार्यान्वयनलाई सहज तथा पारदर्शी रुपमा सम्पन्न गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web