किसानमैत्री तारकेश्वर : ८६ जना किसानले पाए अनुदानमा हाते ट्याक्टर

असार २४, २०८१ 2024-07-07 मा प्रकाशित
Published at 2024-07-07

655 views

दाङसिंह । नुवाकोटको तारकेश्वर गाँउपालिकाले किसानहरुको कृषि कर्मलाई सहज बनाउन यन्त्रिकरण सहयोग अन्तरगत अनुदानमा ट्याक्टर उपलब्ध गराएको छ । गाँउपालिकाको अध्यक्ष शिव अधिकारी (अबिरल)ले कृषि उत्पादन बृद्धि र किसानलाई पेशाप्रति सहज बनाउने विभिन्न योजना कार्यान्वयनको क्रममा ८६ थान हाते ट्याक्टर अनुदानमा दिन थालिएको हो । आइतबारदेखि सुरु भएको भएको हाते ट्याक्टर वितरणको लागी छनोट भएका किसानलाई सोमबार पनि उपलब्ध गराइने अध्यक्ष अधिकारीको भनाई छ ।

उहाँको अनुसार कृषि यन्त्रिकरण तथा ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण कार्यक्रमको लागी गाँउपालिकाले गत चैत्र ३० गते ७ दिन दिएको समय र सो अवधिमा छुट भएका किसानलाई पुनः बैशाख १० मा पाच दिनको समय दिएर जारी गरिएको सूचनाको अवधिमा प्राप्त भएका हाते ट्याक्टर मागको निवेदनको आधारमा आवश्यक कागजात पूरा भएका ८६ जना किसानलाई हाते ट्याक्टर अनुदानमा उपलब्ध गराइएको हो ।

गाँउपालिकाले पालिकाबासी किसानको लागी कृषि कर्मलाई सहज बनाउन, पालिकामा हुने तथा सम्भाव्यता देखिएका कृषि उब्जनीको खेती गर्नलाई प्रश्रय दिन र उत्पादकत्व बृद्धिको लागी अपनाएको विभिन्न नीति तथा कार्यक्तम एंव बजेट मार्फत अहिले हाते ट्याक्टर वितरण गरिएको अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो ।

गाँउपालिकाले उत्कृष्ट किसानलाई सम्मान, आलु सहित विभिन्न खेती–बाली तथा तरकारीको पकेट कार्यक्रम मार्फत किसानलाई सहयोग पुराउदै आएकाले सोही अनुसार आगामी आर्थिक वर्षमा थप प्राथमिकतामा राखिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
पालिकामा अहिले भइरहेका कृषि उब्जनी तथा आगामी दिनमा यहाँको हावापानी एंव मौसम सुहाउदो खेती गर्नको लागी प्राविधिक मार्फत माटो परीक्षण गराई सोही अनुसारको खेती लगाउनको लागी किसानलाई यसअघि पुराउदै आएका सहयोगका कार्यक्रमलाई कायम राख्दै आगामी दिनमा अनुदान, सहयोग तथा प्राविधिक परामर्शलाई बृद्धि गरिएको छ ।

हातेट्याक्टर वितरण गरेर किसानलाई खेती गर्नको लागी यन्त्रउपकरण तथा प्रविधिको प्रयोगमा आकर्षण गरिएको छ भने गोरु जुधाईको लागी प्रसिद्ध भएको पर्वलाई पनि संरक्षण गरेर किसानलाई गोरु पाल्न प्रोत्साहनको कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

उहाँको अनुसार आगामी दिनमा किसानले उत्पादन गरेका कृषि उब्जनीलाई पालिकामा नै संकलन केन्द्र बनाई बजारीकरणमा सहयोग पुराउने, मौसमी तथा बेमौसमी तरकारी खेती कार्यक्रम ल्याउने, किसानको पहिचान सहित योगदानको आधारमा सम्मान गर्ने कार्यक्रमलाई समावेश गर्दै तारकेश्वर गाँउपालिकाले कृषि क्षेत्रलाई नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा दिइएको छ ।

अनुदानमा हाते ट्याक्टर पाउने किसानको विवरण निम्न अनुसार रहेको छ :

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.