बेलकोटगढी–१३ को रचनात्मक काम : वडाका उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

असार २२, २०८१ मा प्रकाशित | 285 views

बेलकोटगढी–१३ को रचनात्मक काम : वडाका उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

ढाँडेफेदी । बेलकोटगढी नगरपालिका वडा नम्बर १३ ले आफ्नो वडाभित्र रहेका सामुदायिक विद्यालयबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० अर्थात एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ । सोही अवसरमा वडा कार्यालयले कक्षा ९ र १० को गणित विषयमा उत्कृष्ट अङ्क प्राप्त गर्ने तीन–तीनजना विद्यार्थीहरूलाईसमेत सम्मान गरेको छ ।

शुक्रबार सूर्यमती मावि आयोजित विशेष कार्यक्रमको अवसरमा वडाभित्र रहेका सामुदायिक विद्यालयहरू सूर्यमती मावि र शक्ति मावि तथा पञ्चकन्या आधारभूत विद्यालय र थानापति आविका उत्कृष्ट विद्यार्थी र शिक्षकलाई वडा कार्यालयले सम्मान गरेको हो ।

बेल्कोटगढी नगरपालिकाका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख सौभाग्य न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा वडा नं .१३ को कार्यालयले माध्यमिक शिक्षा परीक्षामा आफ्नो विषयमा सबै विद्यार्थी उर्तिण गराएको भन्दै दुई विद्यालयका दुई जना शिक्षकलाई सम्मान गरेको छ।

आफ्नो विषयमा सबै विद्यार्थी उत्रिर्ण गराउन सफल भएको भन्दै शिक्षक राजाराम बोगटी र इन्दिरा गडतौलालाई वडा कार्यालयले सम्मान गरेको हो । सम्मान कार्यक्रममा शैक्षिक सत्र २०८० मा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थी सहित वडाबाट लिएको कक्षा ९ र १० को गणित विषयमा उत्कृष्ट अङ्क प्राप्त गर्ने तीन–तीनजना विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

वडा कार्यालयले आगामी दिनमा सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकको हौसला बढाउने उद्देश्यले उत्कृष्ट शिक्षक घोषणा गरेर सम्मान गरेकालाई उक्त कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने १३ नं का वडाध्यक्ष नवराज पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार निश्चित मापदण्डभित्र रहेर वडाभित्र सञ्चालनमा रहेका प्रत्येक विद्यालयहरूबाट एकजना शिक्षक छनोट गरेरेर सम्मान गरेकाले यस कार्यलाई हरेक वर्ष निरन्तरता दिन लागिएको हो ।

कार्यक्रममा १३ नंं वडा सदस्यहरु, विभिन्न विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारी, विद्यालयका प्रअ, शिक्षक, अभिभावक सहित विद्यार्थीहरुको सहभागिता रहेको वडासदस्य हरिकुमार गुरुवाचार्यले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web