अध्यक्ष अधिकारीबाट शंखादेवि माविमा विज्ञान प्रयोगशाला शुभारम्भ

असार २०, २०८१ मा प्रकाशित | 349 views

अध्यक्ष अधिकारीबाट शंखादेवि माविमा विज्ञान प्रयोगशाला शुभारम्भ

कल्लेरीडाँडा । तारकेश्वर गाउँपालिकाको अध्यक्ष शिव अधिकारी (अविरल)ले वडा नं. ५ स्थित कल्लेरीडाँडामा रहेको शंखादेवि माध्यामिक विद्यालयमा विज्ञान (साइन्स ल्याब) प्रयोगशालाको उद्घाटन गर्नुभएको छ ।

गाँउपालिका मार्फत शंखादेवि माविमा स्थापना गरिएको (साइन्स ल्याबको आज एक कार्यक्रमको बीच उद्घाटन गर्दै विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासको लागी शुभारम्भ गर्नुभएको हो ।

शिक्षाको विकासको लागी मुख्य तीन पक्ष गुणस्तर, प्रविधि र प्राविधिक हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष अधिकारीले साइन्स ल्याबको स्थापनाले विद्यार्थीको विज्ञान विषयको अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विद्यालयमा निर्माण गरिएको ल्याबले विद्यार्थीहरुको शैक्षिक गुणस्तरको सुधार सहित प्रयोगात्मक अभ्यासबाट हुने सिकाईले क्षमता बृद्धि, दक्षमता र अध्ययनप्रतिको लगनशीलता बढ्ने भन्दै आगामी दिनमा पालिका अन्तरगतका थप अन्य माध्यमिक विद्यालयहरुमा पनि विज्ञान सहित आवश्यकता अनुसारको प्रयोगशालाको निर्माण गर्ने योजना रहेको अध्यक्ष अधिकारीको भनाई छ ।


कार्यक्रममा वडा नं. ५ का अध्यक्ष अशोक तामाङ सहित वडासदस्यहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यालयका प्रअ सहित शिक्षकहरु, विद्यार्थी, अभिभावक लगायत स्थानीय शिक्षाप्रेमी, समाजसेवी एंव सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web