एसईई मौका परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

असार १८, २०८१ मा प्रकाशित | 243 views

एसईई मौका परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा अर्को महिना साउन २३ गतेदेखि ३१ गतेसम्म हुनेछ । असार १६ गते बोर्ड बैठकले एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीका लागि पूरक अर्थात् (ग्रेडवृद्धि) परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

२०८० सालको नियमित परीक्षाको प्रवेशपत्र नै पुरक परीक्षाको प्रवेशपत्र कायम गरिएकोले त्यसै प्रवेशपत्रका आधारमा परीक्षामा सहभागी हुनुपर्नेछ । परीक्षा केन्द्रको जानकारी सम्बन्धित शिक्षा विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइबाट हुनेछ । तोकिएको केन्द्र र तालिका अनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीलाई परीक्षाको अर्को व्यवस्था गरिने छैन । परीक्षाफल रद्द भएका परीक्षार्थी  ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् ।

शिक्षा विकास तथा समन्वय इकाइले ग्रेडवृद्धि परीक्षामा सामेल हुन आवेदन फाराम भर्ने परीक्षार्थीको विवरण २०८१ साल साउन १८ गते सम्ममा विद्यालयगत रूपमा विषयसमेत खुल्ने गरी परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा आइपुग्ने गरी पठाउनुहुन र परीक्षार्थीले बुझाएको आवेदन फाराम ६ महिनासम्म शिक्षा विकास तथा समन्वय इकाइले नै सुरक्षित राख्नुहुन बोर्डको अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web