
त्रिशूली । निरन्तर बेथिती र शैक्षिक क्षेत्रमा राजनीतिक अखडा बन्दै आएको बेलकोटगढी–१२ मा अवस्थित भृकुटी माध्यमिक विद्यालयबाट यो वर्ष माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) दिएका विद्यार्थीको भविष्य अन्योल भएको छ । शिक्षक र विद्यालय दुवैको गम्भीर त्रुटीको कारण यो वर्ष १२ जनाले परीक्षा दिएकोमा एक जना विद्यार्थी मात्रै उर्तिण भएको छ भने उर्तिण भएको विद्यार्थीको पनि न्यून अंक आएको छ ।
विद्यार्थीको भविष्यमाथी गम्भीर लापरबाही शिक्षाको गुणस्तरमा कमजोर भएर मात्रै होइन त्यो भन्दा ठूलो त्रुटी विद्यालयले विद्यार्थीलाई दिने आन्तरिक नं. अध्यावधिक गर्ने क्रममा भएको पाइएको छ । उक्त गम्भीर लापरबाही भएको तथ्य भने विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्म प्रत्येक कक्षामा प्रथम भएर उर्तिण हुदै आउनुभएको
विद्यार्थी प्रयुशा अधिकारीको कम नं. आएपछि थाहा भएको हो । यो वर्ष भृकुटी माविबाट एसइईको परीक्षा दिनुभएका प्रयुशा कक्षाको सबैभन्दा जेहेन्दार, पढाईमा अब्बल भएपनि उहाँले सोच अनुसारको नं. आएन । कारण खोज्दा थाहा भयो विद्यालयले विद्यार्थीहरुलाई प्रयोगात्मक अन्तरगत दिनुपर्ने नं. अन्त्यन्त न्यून राखेर पठाइएको रहेछ । त्यसमा पनि कक्षाको सबैभन्दा जेहेन्दार विद्यार्थी प्रयुशाको सबैभन्दा कम नं. दिएको पाइएको शिक्षा विकास तथा समन्वय इकाई, नुवाकोटले जनाएको छ ।
उक्त कार्यालयको तथ्याङ्क अनुसार भृकुटी माविमा सिम्बल नं. ०२५०१११७ बाट सुरु भएर सिम्बोल नं ०२५०११२८ सम्म भएका १२ जना विद्यार्थीले परीक्षा दिएकोमा विद्यालयको गम्भीर लापरबाहीले आन्तरिक (प्रयोगात्मक नंं राख्ने क्रममा ०२५०१११८ बाट सुरु भएर ०२५०११२९ सम्म विद्यार्थी भनेर विवरण पठाइको रहेछ । सोही कारण सिं नं ०२५०१११७ भएको विद्यार्थीले नं. नै पाएन भने त्यस पश्चात हरेक विद्यार्थीले पाउने नं. आफूभन्दा ठिक अगाडीको विद्यार्थीको नं. पाएसगैँ विद्यालयका सबै विद्यार्थीको आन्तरिक नं. गढबढ भएको शिक्षा विकास तथा समन्वय इकाईे जनाएको छ ।
सुध्रिएन विद्यालयको राजनीति र बेथिती :
भृकुटी माध्यमिक विद्यालय भन्ने बित्तिकै अनावश्यक राजनीतिक खिचातानी, विद्यालयको रकम अपचलनलाई नै सबैले सम्झन्छन् । उक्त विद्यालयमा लामो समयदेखी जरो गाढेर बसेको खरब राजनीतिक सस्कार सुध्रन सकेको छैन भने विद्यालयको रकम ब्याजमा लगाउने बाहनामा भएको अपचलनको फोहोरी खेल अझै सुध्रन नसक्दा अहिले एसइई दिएका विद्यार्थीको भविष्य अन्योल भएको हो ।
१२ जना विद्यार्थी मध्ये अहिले पास हुने प्रयुशा अधिकारी जेहेन्दार, लगनशील र अनुशासन भएपनि उहाँमाथी पनि विद्यालयले राजनीतिक गरेर प्रयोगात्मक नं. कम दिएको पाइएको छ । प्रयुशाको बुबा प्रकाश अधिकारी लामो समयदेखि विद्यालयको बेथिती सुधार्नको लागी अभियान चलाउदै आउनुभएको छ । राजनीति र अनियमितताले घेरिएर बसेका शिक्षक र व्यवस्थापन पक्षले त्यसलाई मन नपराएपछि त्यो प्रहार उनीहरुले अबोध विद्यार्थी माथी गम्भीर त्रुटी गरेको पाइएको हो ।

लापरबाही विरुद्ध विद्यालयमा ताला :
भृकुटी माध्यमिक विद्यालय र कार्यरत शिक्षकको लापबारबाही विरुद्ध विद्यालय प्रशासनमा अनिश्चित समयको लागी शुक्रबार ताला लगाइएको छ ।
कम नं. दिने र त्यो पनि सिंम्बल नं. त्रुटी राखेर पठाउनेहरुलाई कारबाहीको लागी त्यससंग सम्बन्धित कागजात माग र संलग्न दोषीलाई कारबाहीको माग गर्दै प्रयुशा अधिकारीको अभिभावक प्रकाश अधिकारी र आमा संगिता रायमाझी सहितको अहिले एसइई दिएका विद्यार्थीको अभिभावकले विद्यालय प्रशासनमा ताला लगाएर निश्पक्ष छानबिनको माग गरेका छन् । उनीहरुले तत्कालै छानबिन र दोषीलाई कारबाहीको लागी शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटमा शुक्रबार नै उजुरी दर्ता गराएका छन् ।
यो वर्ष विद्यालयबाट एसइई दिएका १२ जना मध्ये उर्तिण भएको प्रयुशा अधिकारीको लब्धांक पत्र :

25.12¡ÆC