भ्रमपूर्ण समाचारप्रति समाजवादीका सम्मानित नेता झलनाथ खनालको आपत्ति

असार १३, २०८१ मा प्रकाशित | 244 views


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विभिन्न सञ्चारमाध्यममा आएका भ्रमपूर्ण समाचारप्रति आपत्ति जनाउनुभएको छ ।

उहाँको सचिवालयले एक विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव घनश्याम भुसालसँग आज भएको भेटवार्ताका क्रममा पार्टीका आन्तरिक समस्या समाधान साथै समाजवादी कार्यक्रमबारे छलफल गरिएको विषयलाई अतिरञ्जित गरी विभिन्न सञ्चारमाध्यममा प्रसारण भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

सञ्चारमाध्यमलाई सत्य, तथ्य र निष्पक्ष भएर समाचार प्रसारण गर्न विज्ञप्तिमा आग्रह गरिएको छ । विभिन्न सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री खनालद्वारा आसन्न महाधिवेशनमा अध्यक्ष पदमा महासचिव भुसाललाई सहयोग गर्ने विषय प्रकाशन गरिएका छन् । पार्टीको महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका साथै नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web