रश्मीको यात्रा अवार्डमय

साउन १, २०७३ मा प्रकाशित | 1301 views

अस्मुना तिमिल्सिना ।
१ साउन, नुवाकोट । नुवाकोट सामरी गाविसको वडा नम्बर ६ मैबलका रश्मी तामाङको पछिल्लो वर्षहरु अवार्डमय भन्दै गएको छ । आफ्नो साङ्गेतिक यात्रामा तीनसय भन्दाबढी लोकदोहोरी गीतको भिडियोमा मोडलिङ गरिसक्नुभएका रश्मि तामाङ अवार्ड र सम्मान ग्रहण गर्न व्यस्त रहनुभएको छ । लोक भिडियोको क्षेत्रमा रश्मी तामाङको एकल वर्चश्व समेत कायमै हुदै आएको छ ।

रश्मीले अहिले काठमाडौंमा सम्पन्न पाँचौं “म्यूजिक खबर म्यूजिक अवार्ड”मा पनि लोक गीततर्फको उत्कृष्ट मोडलको अवार्ड जित्नुभएको छ । उहाले लगातार छैटौं अवार्डको रुपमा “म्यूजिक खबर म्यूजिक अवार्ड”मा पनि लोक गीततर्फको उत्कृष्ट मोडलको चुम्नुभएको हो । २०७२ र २०७३ मा उहाँ अवार्डमा मनोनयनमा परेका सबैमा सफल हुदै आउनुभएको छ ।

उहाँले यसअघि काठमाडौंमा सम्पन्न राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिले गरेको चौथो लोकदोहोरी अवार्ड, बागमति अञ्चल उत्कृष्ट मोडल अवार्ड, तीज गीत अवार्ड लगायतमा सफल हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web