२ करोड रुपैयाँ लुटेको आरोपमा प्रहरी हबल्दारसहित ४ जना पक्राउ

असार ११, २०८१ मा प्रकाशित | 182 views

२ करोड रुपैयाँ लुटेको आरोपमा प्रहरी हबल्दारसहित ४ जना पक्राउ

काठमाडौँ । भक्तपुरको दधिकोटका डिल्लीराज राउतको दुई करोड रुपैयाँ लुटपाटमा संलग्न रहेको आराेपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ परेका छन् ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीका अनुसार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–३ घर भई अहिले ललितपुर बस्ने मोनाराज राई, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का भीमबहादुर तामाङ, बाह्रबिसे नगरपालिका–२ का सुजन रसाइली र भोटेकोशी–२ घर भई अहिले नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगञ्ज’ मा कार्यरत प्रहरी हबल्दार कृष्णबहादुर बोहरालाई पक्राउ गरिएको हो ।

उनीहरूले यही असार ४ गते आफूहरू नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबीमा) आबद्ध रहेको बताउँदै राउतको घरभित्र प्रवेश गरी धम्क्याएर दराजमा राखेको दुई करोड रुपैयाँ लुटेर फरार भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web