
दाङसिंह । नुवाकोटको तारकेश्वर गाँउपालिकाको नीति तथा कार्यक्रम, बजेट र केही ऐनहरु बहुमतले पास भएको छ ।
सोमबार गाँउपालिकाको सभाहलमा बसेको तारकेश्वर गाँउपालिकाको अधिवेशनको सभाले आगामी आर्थिक वर्ष २०८१-८२ को लागी सभाध्यक्ष एंव अध्यक्ष शिव अधिकारी ‘अबिरल’ले पेश गरेको नीति तथा कार्यक्रम, कार्यपालिका सदस्य एंव ५ नं. वडाध्यक्ष अशोक तामाङले पेश गरेको बजेट र बिधेयक समितिका संयोजक अप्सरा दर्जीले पेश गरेको केही विधेयक (कानून)हरु बहुमतले पास गरेको हो ।
तारकेश्वर गाँउपालिकामा रहेका ३२ जना कार्यपालिका सदस्य मध्ये दशौँ गाँउसभामा उपस्थित भएका मध्ये १८ जना कार्यपालिका सदस्यहरुले आगामी आवको लागी अध्यक्ष अधिकारीले पेश गरेको नीति तथा कार्यक्रम, कार्यपालिका सदस्य तामाङले पेश गरेको ४२ करोड ७० लाख ५२ हजार रुपैयाँको अनुमानित बजेट र कार्यपालिका सदस्य दर्जीले पेश गरेको मिडिया सञ्चालन सम्बन्धि विधेयक, ढुङ्गा गिट्टी बालुवा तथा क्रसर दर्ता तथा सञ्चालन सम्बन्धिको बिधेयकलाई जस्ताको तस्तै बहुमतले पास गरेको हो ।
सोमबारको लागी बोलाइएको गाँउसभमा केही कार्यपालिका सदस्यहरु तथा अन्य गाँउसभासंग असमन्धित व्यक्तिहरुको अबरोधको बीच बसेको सभामा असार ९ गते बसेको कार्यपलिका बैठकको निर्णय अनुसार अध्यक्षबाट नीति तथा कार्यक्रम पेश भएगसैँ सो माथी छलफल गर्दै जस्ताको तस्तै पास गरिएको हो ।


अध्यक्ष शिव अधिकारी ‘अबिरल’ले पेश गरेको नीति तथा कार्यक्रमका मुख्या आकर्षण यस्तो छ :

त्यसलगत्तै कार्यपालिका बैठकमा भएको निर्णय अनुसार बजेट पेश गर्ने जिम्मेवारी पाउनुभएका कार्यपालिका सदस्य तथा वडाध्यक्ष अशोक तामाङले पेश गरेको आगामी आर्थिक वर्षको बजेट पनि जस्ताको तस्तै पास भएको छ ।
कार्यपालिका सदस्य तथा वडाध्यक्ष अशोक तामाङले पेश गरेको बजेटको आकार र मुख्य विषय यस्तो छ :



त्यस पश्चात बिधेयक समितिका संयोजक अप्सरा दर्जीले पेश गरेका केही कानूनी बिधेयकहरुलाई पनि बहुमतले पास गर्दै दशौँ सभा सम्पन्न भएको सभाध्यक्ष एंव गाँउपालिकाको अध्यक्ष शिव अधिकारी अविरलले उद्घोष गर्नुभयो ।

प्रकाशित मिति : २०८१ असार १० गते सोमबार साँझ ९ : ०५ बजे
27.64¡ÆC