कन्फ्रेन्सलाई चार विकेटले हराउँदै नेपाली टोलीको लगातार तेस्रो जित

साउन १, २०७३ मा प्रकाशित | 890 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं, साउन १ । बेलायत गएको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित दर्ता गरेको छ । यस अघि दुई खेलमा जित निकालेको नेपाली टोलीले शनिबार राति भएको तेस्रो अभ्यास खेलमा बेलायतको क्रिकेट क्लब कन्फ्रेन्सलाई चार विकेटले हराउँदै तेस्रो जित निकालेको हो । टस हारेर कन्फ्रेन्स क्लबले दिएको दुई सय २७ रनको लक्ष्य नेपाली टोलीले ४६ दशमलव १ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका कप्तान पारस खड्काले ६६ बलमा ६७, अनिल मण्डलले ६४ बलमा ४३, ज्ञानेन्द्र मल्लले ४३ बलमा ३६, शरद भेशवाकरले १९, राजु रिजालले नटआउट १७ तथा राजेश पुलामी मगरले नटआउ १६ रन बनाए । कन्फ्रेन्स क्लबका लुके च्याम्पम्यानले तीन विकेट लिए ।</span><br></p><p>यसअघि पहिले ब्याटिङ गरेको कन्फ्रेन्स क्लबले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर २ सय २६ रन बनाएको हो । नेपालका लागि सोमपाल कामी र सन्दिप लामिछानेले २र२ तथा पारस खड्का र करण केसीले १र१ विकेट लिए । कन्फ्रेन्सका स्टिभ सिलउडले ६७ तथा सागर पटेलले ६५ रन बनाए । यसअघि बुधबार फ्रि फोरेस्टर क्लबसँग भएको ४० ओभरको खेलमा नेपाल १ सय २९ रनले विजयी भएको थियो । यस्तै बिहीबार भएको ट्वेन्टी–ट्वेन्टी खेलमा नेपालले इन्डियन जिमखानालाई २० रनले हराएको थियो ।&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web