
काठमाडौँ । पर्यटक प्रहरी कार्यालय पोखराले गैरकानूनी रूपमा बसिरहेका १२ विदेशी नागरिकलाई फर्काउने प्रक्रिया शुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार पर्यटक प्रहरी कार्यालय पोखराले जिल्ला प्रहरी कार्यालय कास्कीसँगको सहकार्यमा फिर्ताको प्रक्रिया शुरु गरेको हो ।
पोखरा महानगरपालिका-६ लेकसाइडमा बस्दै आएका क्यानडाका नागरिक र वडा नं. १८ मा बस्दै आएको जर्मनीका नागरिकलाई फेला पारेर कारबाहीका लागि अध्यागमन विभाग काठमाडौंमा पठाइएको छ ।
पर्यटक प्रहरी कार्यालय कास्कीले गत अप्रिलदेखि हालसम्मको अवधिमा अनुमति प्राप्त गरेको समयभन्दा बढी समय बसेका यूके, क्यानडा, जर्मनी, इजरायल, चिली, कोस्टारिका र कङ्गोका १२ विदेशी नागरिक फेला पारेको हो । उनीहरूलाई सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन शाखा कार्यालय कास्कीमार्फत अध्यागमन विभाग काठमाडौं पठाइएको छ ।
26.41¡ÆC