राष्ट्रिय प्रतियोगिता व्यवस्थापनको जिम्मेवारी सम्बन्धीत संघलाई नै दिदाँ उत्कृष्ट: महासचिव शेर्पा

असार ३१, २०७३ मा प्रकाशित | 791 views

काठमाडौं, असार ३१ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३ औं दक्षिण एसियाली खेलकुद आयोजनाको सन्दर्भमा शुक्रबार  राष्ट्रिय खेलकुद परिषद्ले अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुवाञ्चलमा गर्नका लागि सरकारले बजेटसमेत विनियोजित गरिसेकेको अवस्था रहेको छ भने १३ औं दक्षिण एसियाली खेलकुद नेपालले आयोजनाको जिम्मेवारी पाएको छ । यी दुवै प्रतियोगितालाई प्रतिष्ठित रुपमा संचालन गर्नका लागि सबैसँग राय तथा सुझाव संकलन गर्ने उद्देश्यले अन्तक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा सम्बन्धीत संघलाई नै व्यवस्थापनको जिम्मेवारी दिनुपर्ने औल्याए । ‘संघहरुलाई उत्तरदायी तथा जवाफदेही बनाउँदै सम्बन्धीत संघलाई नै व्यवस्थापनको जिम्मेवारी दिएको खन्डमा प्रतियोगिता उत्कृष्ट रुपमा संचालन हुन्छ’ –शेर्पाले भने ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले अब राष्ट्रिय प्रतियोगिता भव्य रुपमा पुवाञ्चलमा गर्नका लागि सबै अवरोध हटेको बताए । ‘नयाँ तयारीका साथ नयाँ मनस्थितीका साथ अगाडी बढ्छौं । संघहरुसँग सहकार्य गरेर प्रतियोगितालाई समृद्ध बनाउने छौं ।’ उनले भने ।

उनले सन् २०१८ मा नेपालमा हुने १३ औं सागका लागि भौतिक पुर्वाधार निमार्णका लागि सरकारले प्राथमिकता दिने बताएकाले काम दु्रतगतिमा बढ्ने बताए । ‘मुल आयोजक समिति बनाउने कुरा मन्तिपरिषद्सँग जोडिन्छ । त्यो छिट् बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । अन्य काम युद्धस्तरमा अगाडी बढाउने छौं ।’ उनले भने । पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका  अध्यक्ष रविन नगरकोटीले अहिले तोकिका २÷३ खेलबाहेक सबै खेलको प्रतियोगिता गराउनका लागि पुर्वाञ्चल सक्षम रहेको दावी गरे ।

त्यसैगरि सातौं तयारी समिति सचिवालय प्रमुख कमल खनालले मुलुकमा देखा परेको परिस्थितिका कारण २ पटक सातौ रोकिएको अब तयारी दु्रतगतिमा अघि बढ्ने बताए । राखेप कर्मचारी संघका अध्यक्ष रंजन थापाले प्रतियोगितासँगसँगै खेलाडीको प्रशिक्षणलाई प्रथामिकता दिनुपर्नै बताए । लनटेनिस संघकी अध्यक्ष ज्योती राणा, साइक्लिङ संघका अध्यक्ष छिमि उर्गेन गुरुङ, आर्चरी संघका महासचिव रमेश शिवाकोटी, भारत्तोलन संघका महासचिव पार्थसारथी सेन गुप्त, एथलेटिक्स संघका सचिव आर के विष्ट, टेबल टेनिसका मुख्य प्रशिक्षक शंकर गौतमलगायतले आ आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web