
नुवाकोट । प्रभु बैंक लिमिटेडका ग्राहकले नुवाकोटको बिदुर स्थित चक्रदेब हस्पिटलमा विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने भएका छन्। हस्पिटलले उपलब्ध गराउने विभिन्न सेवामा छुटसम्बन्धी सम्झौतामा दुवै पक्षबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट बट्टार शाखाको शाखा प्रमुख सुबर्णराज कंडेल र चक्रदेब हस्पिटलका तर्फबाट निर्देशक सुशील पन्डितले हस्ताक्षर गर्नुभएसगै छुट सुविधा कार्यान्वयनमा ल्याइएको हो ।
प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहक एवम् बैंकका कर्मचारीहरुले सो हस्पिटल ले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् जस अन्तर्गत ओ पि डि टिकट र फार्मेसीमा भने छुट नहुने उल्लेख छ ।

बैंकले दिने सेवामा छुट पाउनका लागि प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको क्यूआर कोड, डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलमार्फत बिल भुक्तानी गर्नुपर्ने सम्झैाता पत्रमा उल्लेख छ ।
16.12¡ÆC