नेपालमा विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै धेरै

जेष्ठ २८, २०८१ मा प्रकाशित | 255 views


काठमाडौँ । नेपालमा विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालू आर्थिक वर्षकाे १० महिनाको वित्तीय विवरणअनुसार अहिले नेपालमा १९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ । डलरमा रुपान्तरण गर्दा नेपालमा १४ अर्ब ५४ करोड डलर रहेको छ ।

गएको वर्ष वैशाख मसान्तमा विदेशी मुद्रा सञ्चिति जम्मा ११ अर्ब ७१ करोड डलर थियो । १० महिनाकाे आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२ महिना ६ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web