<p>३१ असार, नुवाकोट । नुवाकोट जिल्ला विकास समितिका पूर्व सभापति एवं तत्कालनी नेकपा माओवादीका ब्युरोसदस्य भरत ढुंगाना र अखिल क्रान्तिकारीका केन्दीय सदस्य बैकुण्ठ पोख्रेलको हत्या भएको १२ वर्ष पुगेको छ । २०६१असार ३१ गते तत्कालीन शाही नेपाली सेनाले उहाँहरुलाई धादिङका नियन्त्रणमा लिएर अमानवीय तबरबाट हत्या गरेका थिए । नुवाकोटका लोकप्रिय, विकासप्रेमी तथा राजनेताको रुपमा परिचित रहनुभएका भरत ढुङ्गानाको निधनले जिल्लाको प्रतिनिधित्व गर्ने असल नेताको समेत अभाव देखिएको जिल्लावासीहरुले बताएका छन् । <br><br>नुवाकोटका लोकप्रिय नेता भरत ढुङ्गानाको मृत्युले परिवारमा शोकलाई शक्तिलाई बदल्ने मौकाको रुपमा परिवारका सदस्यहरुले लिएका छन् । उहाँको छोरी कविता ढुङ्गानाले फेसबुक स्टाटस मार्फत बुबाको निधन महान भएको बताउनुभएको छ । <br></p>
27.12¡ÆC