रोजगार केन्द्रित कार्यक्रममा विदुर, SEE दिएका विद्यार्थीले निःशुल्क कम्युटर सिक्न पाउने

जेष्ठ १८, २०८१ मा प्रकाशित | 444 views

रोजगार केन्द्रित कार्यक्रममा विदुर, SEE दिएका विद्यार्थीले निःशुल्क कम्युटर सिक्न पाउने

त्रिशूली । नुवाकोटको विदुर नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा, कक्षा दश (एसइई)को परीक्षा दिएर बसेका विद्यार्थीलाई निःशुल्क कम्युटर सिकाउने भएको छ । त्यसको लागी तोकिएका मापदण्ड बनाएर अहिले ३३३ जनाको लागी सिट सुनिश्चित गरिएको छ ।

नगरभित्रका सामुदायिक विद्यालयबाट कक्षा दशको परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर उनीहरुलाई नै पायक पर्ने स्थानमा कम्युटर सम्बन्धिको आभारतभूत तहको सिप सिकाउन लागिएको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागी प्रविधिमैत्री बनाउन र कक्षा दशको परीक्षा पश्चात खाली भएको समयको सदुपयोग गर्न कम्युटर सिकाउन लागिएको हो । यस कार्यक्रम अन्तरगत तोकिएका विद्यालयबाट तोकिएको कोटा अनुसार ३३३ जनलाई कम्युटर सिकाइनेछ भने विद्यार्थीको माग र तोकिएको मापदण्ड अनुसारको सङ्ख्या बढेमा त्यसको लागी थप सम्बोधन गर्न सकिने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ ।

“विद्यालयतहमा कम्युटर शिक्षालाई समावेश गरेपनि अनिवार्य गर्न सकिएको छैन ।” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “प्रविधिको उपयोग र रोजगारको लागी कम्युटर ज्ञान अनिवार्य भएकाले विद्यालयतहको कक्षा पूरा गर्न लागेका विद्यार्थीलाई सिप सिकाउन लागिएको हो ।”
विदुर नगरपालिकाले युवा लक्षित सिप र स्वरोजगार केन्द्रित कार्यक्रमलाई आगामी वर्ष थप बृद्धि गर्ने नीति लिएको छ । चालु आर्थिक वर्षमा हस्तकला, सिकर्मी, डकर्मी, कपाल काट्ने, तरकारी खेती तथा पशुपंक्षी पालन सम्बन्धि तालीम प्राप्त गर्ने युवाको सङ्ख्या एक हजार भन्दाबढी रहेका छन् ।

आगामी आर्थिक वर्षको लागी तयारी भइरहेको बजेटमा यो सङ्ख्या अझै बढाएर स्वरोजगार अन्तरगत हस्तकला, लघुउद्यमी, कृषि तथा पशुपंक्षी पालनमा प्रोत्साहन गर्ने कार्यक्रम समावेश गर्ने योजना रहेको नगरप्रमुख श्रेष्ठको भनाई छ ।
कुन विद्यालयको लागी कोटा कती :


छनोटको लागी यस्तो छ मापदण्ड :

  • रामहरि न्यौपाने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web