मेयर राजन श्रेष्ठ पेय पदार्थको सट्टा दहीमोही प्रवर्द्धनमा, दूग्धजन्य सामाग्रि खान आह्वान

जेष्ठ १७, २०८१ मा प्रकाशित | 272 views


त्रिशूली । नुवाकोटको विदुर नगरपालिकाले दूधजन्य सामाग्रिलाई प्रवर्द्धन गर्ने भएको छ ।

विदुर नगरपालिकाले बजारमा पाइने पेय पदार्थलाई निरुत्साहित गर्दै दुग्धजन्य पदार्थको उपभोग बढाउन दूधजन्य सामाग्रिको उत्पादन, विक्री र उपभोगलाई प्रवद्र्धन गर्न लागेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार किसानलाई दूध उत्पादनको आधारमा अनुदान दिइएको छ भने दुग्धपदार्थ सेवन र उपभोगलाई नगरपालिकाले आफ्ना औपचारिक कार्यक्रममा समावेश गरेर बजारीकरणमा सहयोग पु-याएको छ ।

औपचारिका रुपमा आयोजित एक कार्यक्रममा स्थानीय उत्पादन मोही र सेलरोटी खादै नगरप्रमुख राजन श्रेष्ठ ।

“व्यावसायिक रुपमा पशु फार्म सञ्चालन गरेर नियमित दूध विक्री गर्ने किसानलाई विक्रीको आधारमा अनुदान उपलब्ध गराएका छौ ।” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “बजारीकरणको पालिकाको कार्यक्रममा पेय पदार्थको सट्टामा दहीमोही उपलब्ध गराउदै आएका छौ । सुत्केरीको पोषण सुधार कार्यक्रममा नगरभित्रका सुत्केरीलाई स्थानीय दूध डेरीले उत्पादन गरेका घ्यू खरिद गरेर वितरण गरिएको छ । ”

दूध उत्पादनमा नगरपालिका पूर्ण आत्मनिर्भर भएर निर्यात समेत गर्दै आइरहेको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा दूग्धजन्य सामाग्रिको उत्पादनमा किसानलाई प्रोत्साहन र बजारीकरणमा नगरपालिकाले साझेदारी भूमिका निर्वाह गर्ने नगरको योजना छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web