बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजिनक हुँदै

जेष्ठ १४, २०८१ मा प्रकाशित | 399 views

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजिनक हुँदै

काठमाडौँ । बागमती प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ।

दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पेश हुने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web