काठमाडौं, असार ३० । पहिलो खेलमा नै जित हासिल गरेर उच्च बनोबलमा रहेकोे बेलायतमा अभ्यासरत नेपाली क्रिकेट टोलीले बिहीबार स्थानीय क्रिकेट क्लब इन्डियन जिमखानासँग ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेल्दैछ । पहिलो अभ्यास खेलमा बेलायतको फ्रि फोरेस्टर क्रिकेट क्लबलाई १ सय २९ रनले पराजित गर्दै पहिलो जित निकालेको नेपाली टोली र इन्डियन जिमखानाबीचको खेल नेपाली सयमअनुसार राति १० बजेपछि सुरु हुनेछ ।

नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबसँग चार वटा खेल्ने छ । साउन ४ गते नेपाल र विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीबिच बेलायतको लड्र्स मैदानमा खेल हुनेछ ।

22.12¡ÆC