प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने

जेष्ठ ५, २०८१ मा प्रकाशित | 243 views


काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेका निर्णय हिजो सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान मन्त्रिपरिषद्का सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यसैगरी सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै श्रमजीवि पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा सङ्गीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि भएकाे छ । उहाँ यसअघि पनि त्याे पदमा हुनुहुन्थ्यो ।

मन्त्री शर्माले स्विट्जरल्यान्डकाे जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई पठाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web