रसुवागढी नाकाबाट चिनियाँ गाडीको आयात बढ्दो

जेष्ठ ४, २०८१ मा प्रकाशित | 251 views


काठमाडौँ । नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने चिनियाँ गाडीको सङ्ख्या बढ्न थालेको छ । विद्युतीय कार र केही ठूला तथा मझौला गाडीको आयात बढ्दै गएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चार हजार सात सय छ वटा गाडी आयात भएका छन् । तीमध्ये चार हजार छ सय ७९ वटा विद्युतीय कार रहेका रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । विद्युतीय कारको खरिद मूल्य चिनियाँ उत्पादक कम्पनीमा २८ लाख ५१ हजार र भन्सार शुल्क ११ लाख ९८ हजार रुपैयाँ पर्ने गर्छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा १५ अर्ब ७७ करोड रुपैयाँ राजस्व असुली भएको छ । गएको वर्ष यही अवधिमा पाँच अर्ब ९४ करोड रुपैयाँ राजस्व असुली भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web