१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने प्रधानमन्त्रीको दाबी

जेष्ठ ४, २०८१ मा प्रकाशित | 267 views

१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारण सभाका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले १० हजार मेगावाट बिजुली निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धि हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

बिजुली निर्यातको दीर्घकालीन सम्झौता ऊर्जा विकासका लागि कोशेढुङ्गा साबित हुनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले भारत मात्र नभएर बङ्गलादेशले समेत नेपालको बिजुली लैजाने गरी शीघ्र सम्झौता हुने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले बिजुली निर्यात मात्र नभई स्वदेशभित्रै बिजुली खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेकाे उल्लेख गर्दै पेट्रोलियम पदार्थको आयात घटाउने तथा विद्युतीय उपकरण र गाडीलाई प्रोत्साहन गर्ने सरकारको योजना रहेको सुनाउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web