-रामहरि न्यौपाने
लामो समयदेखि वर्षा नहुदाँ दैनिक जनजीवन प्रभावित भएको भन्दै पञ्चकन्या गाँउपालिका–४ आरुखर्कका स्थानीयले भूमेथान (घ्याङस्वारमा अवस्थित)मा क्षमा पूजा गरेका छन् ।
बिहीबारको दिन गाँउभरका स्थानीयबासीले झाक्री डिलबहादुर तामाङको नेतृत्वमा घ्याङस्वाराको एक हजार आठसय मिटर उचारमा अवस्थित जिलिङ भूमेथान महादेव र डुप्चेदेवी थानमा क्षमा पूर्जा गर्दै जलधारा गरेका छन् । पानी नपर्नुमा नागराजाको रिसानी भयो भन्दै भूमेथान परिसरमा रहेको कालोनागलाई कुखुराको बली चढाए ।
“पुराना दिनमा भूमेथान रिसानी हुदाँ वर्षात हुदैनथ्यो ।” झाक्री तामाङले भन्नुभयो “अहिले पनि यस्तै भएको छ । खेतबारीमा लगाएका कृषिबाली मर्न थालेका छन् । पशुचौपायले हरियोघाँस पाउन समस्या छ । जिवित प्राणीको जीवन जीउन गाह्रो भएपछि रिसाएका भगवान खुसी बनाउन जलधारा गरेका हौँ ।”

भूमेथानमा जलधारा गरेपछि केही दिनमै पानी पर्ने याहाँको स्थानीयबासीको विश्वास छ । मूला झाक्रीले ठ्याङ्ग्रो बजाउदै त्यसमा साथ दिन पुगेका स्थानीयले कुखुरा, जल, चामल, अण्डा र भेटी चढाएर दिनभर गरेको क्षमा पूजाले भगवान खुसी हुनुभएको स्थानीय मंगल तामाङले विश्वास व्यक्त गर्नुभयो । “भगवानले बुझ्ने गरेर हामीले क्षमा पूजा गरेका छौ । जलधारा गरेका छौ ।” उहाँले भन्नुभयो “पूजाविधि, क्षमा पूजा र जलधारा गर्दा कतै बाधाविघ्न भएको छैन । भगवान खुसी हुनुभएको छ ।”

लामो समयदेखि वर्षात नहुदाँ उच्च पहाडी क्षेत्र पञ्चकन्या–४ आरुखर्क सहित यहाँको थप्रेक र आसपासमा किसानले रोपेको मकै खेती औल्याउदै थालेका छन् । पानीका मुहानहरु सुक्न थालेसगैँ जिवित प्राणीको प्राण बचाउन कठिनाई भएको वीरबहादुर तामाङले बताउनुभयो । “जलधारा गर्दै हामीले भगवानलाई हामी जिवित प्राणी यसरी रमाउन चाहन्छौ । हामीलाई पानी चाहिन्छ । पानी दिनुप¥यो भन्ने वर माग्यौ” उहाँले भन्नुभयो ।
पञ्चकन्याका स्थानीय सहित नुवाकोटको विभिन्न स्थानमा पानी नपर्नुलाई भगवानाको रिसानी भएको भन्दै जलधारा गर्ने चलन पूरानो हो । भगवान इन्द्रको रिसानी हुदाँ पानी नपर्ने स्थानीयको विश्वासले सामुदाय अनुसार पण्डित, झाक्री, लामाहरुबाट क्षमा पूजा र जलधारा गर्दै किसानहरु पानी (वर्षा) पुकार्दै आइरहेका छन् ।


21.58¡ÆC