गृहसहित १४ मन्त्रालय कांग्रेसलाई, माओवादीलाई प्रधानमन्त्रीसहित ८ मन्त्रालय

असार ३०, २०७३ मा प्रकाशित | 1045 views

काठमाडौं,असार ३० । नयाँ सरकार निर्माणमा सहकार्य गर्न लिखित सहमति गरेका कांग्रेस र माओवादी केन्द्रले मन्त्रालयको बर्गीकरण गरी बाँफाँड गर्ने निर्णय गरेका छन्। स्रोतका अनुसार दुई दलबीच भएको पाँचबुँदे आन्तरिक सहमतिमा कांग्रेसले गृहसहित १४ र माआ्वादीले प्रधानमन्त्री र अर्थसहित ८ मन्त्रालय लिने सहमति बनेको छ ।

दुई दलबीच भएको आन्तरिक सहमतिपत्रमा मन्त्रालयको संख्यासमेत तोकिएको छ। बाँकी मन्त्रालय भने सरकारमा सहभागी राप्रपा, साना दल र मधेसी दलहरुलाई छुट्याउने सहमतिमा उल्लेख छ। उक्त पत्रमा चैत मसान्तसम्म प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र त्यसपछिको बाँकी अबधि कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने उल्लेख छ। दुई दलबीच भएको पाँच बुँदे आन्तरिक सहमतिलाई कांग्रेस केन्द्रीय समितिले समेत अनुमोदन गरेको अन्नपूर्ण पोस्टमा समाचार छ।

दुवै दलले यो सहमति फाइलिङ गरेर रेकर्डमा राखेपनि सार्वजनिक नगर्ने सहमति भएको छ। सरकार सञ्चालनका लागि दुवै दलका एक एक नेता रहने गरी उच्चस्तरीय संयन्त्र बनाउनेसमेत आन्तरिक सहमतिमा उल्लेख छ। प्रधानमन्त्रीले राजीनामा गरे वा अविश्वासको प्रस्ताव पास भएपछि मात्र कुन मन्त्रालय कुन दलले लिने भन्ने टुंगो लाग्ने स्रोतले उल्लेख गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web