ठिकै भने । भारतको चाहानामा सरकार परिवर्तनको खेल ः बिजुक्छें

असार २९, २०७३ मा प्रकाशित | 915 views

२९ असार, काठमाडौं ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतको चाहनामा माओबादी केन्द्रले सरकारबाट आफ्नो सहभागिता र समर्थन फिर्ता लिएको बताउनुभएको छ ।

रफत सञ्चार क्लबको आयोजनामा आज भक्तपुरमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको निर्देशनमा सरकार परिवर्तनको खेलमा लागेको आरोप लगाउनु भयो ।

सरकार परिवर्तनसँगै देखिएको नयाँ सरकार गठनको बिषय जटिल रहेको र यसतर्फ संबैधानिक जटिलताहरु समेत रहेकाले नयाँ सरकार गठन त्यती सहज नभएको उहाँले बताउनुभयो ।

वर्तमान समयमा राष्ट्रपतिको भूमिका समेत अहम् रहने भएकाले राष्ट्रपतिले आप्mना कानुनी सल्लाकारहरुको सल्लाह लिएर उचित कदम चाल्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले चीनसँग भएका पछिल्ला सम्झौताहरुलाई ओझेलमा पार्ने खेलकै कारण सरकार परिवर्तन भएको भन्दै नयाँ सरकारले चीनसँग गरिएका सम्झौताको कार्यान्वयन तर्फ अग्रसर बन्न नसके यसले नेपालीलाई ठूलो बेफाईदा हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web