इलाममा एमालेका सुहाङले अग्रता बढाउँदै

बैशाख १७, २०८१ मा प्रकाशित | 144 views


काठमाडौँ । उपचुनाव अन्तर्गत इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै लैजानुभएको छ । अहिलेसम्म १५ हजार ९ सय ६८ मतगणना हुँदा नेम्वाङले ६ हजार ४ सय ३ मत ल्याउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ४ हजार ७ सय ८० मत ल्याउनुभएको छ । एमालेका सुहाङ १६ सय २३ मतले अगाडि हुनुहुन्छ । यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार १ सय ८८ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले एक हजार मत ल्याउनुभएको छ ।

इलाम २ मा अस्ति शनिबार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web