सेनाले माग्यो २५ सय पदमा दरखास्त

बैशाख ७, २०८१ मा प्रकाशित
Published at 2024-04-19

75 views

काठमाडौँ । नेपाली सेनाले पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ । शुक्रबार सार्वजनिक सूचना प्रकाशन गरी जंगी अड्डाले रिक्त विभिन्न पदमा दरखास्त माग गरेको हो ।

सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जंगी अड्डाले दुई हजार ५०५ रिक्त पदमा आवेदन मागेको हो ।

स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि.सुचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार) पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने सूचनामा उल्लेख छ ।

जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.