आज केही ठाउँमा हावाहुरी र चट्याङसहित हल्का वर्षाको सम्भावना

चैत्र २९, २०८० मा प्रकाशित | 200 views


काठमाडौँ । आज लुम्बिनी, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी केही ठाउँहरुमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । देशका पहाडी ठाउँमा हल्का वर्षा भए पनि भारी वर्षाको सम्भावना भने नरहको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

त्यस्तै आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web