काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा अवरोध

चैत्र २४, २०८० मा प्रकाशित | 222 views


नुवाकोट । विगतमा भएका सहमती कार्यान्वयन नभएको भन्दै काठमाडौ उपत्यकाको फोहोर बञ्चरेडाँडामा बिसर्जन गर्न नुवाकोट र धादिङका स्थानीयबासिन्दाले आजदेखि अबरोध पु¥याएका छन् ।

‘बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति र प्रतिबद्धताको कार्यान्वयन तथा ‘मानव वस्ती रहित ल्याण्डफिल्डसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहोर बिसर्जनमा अबरोध पुर्‍याउन सुरु गरेको हो ।

उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाको अनुसार सर्वपक्षीय भेला मार्फत गरिएको मागका विभिन्न ११ बुँदा सम्बोधनको लागी गत फागुन २१ गते प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रको सम्बोधन नभएको भन्दै शान्तिपूर्ण आन्दोलनको कार्यक्रम सहित फोहोर बिसर्जनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

माग सम्बोधनको लागी दबाब दिन आगामी बैशाख २१ गतेसम्म फोहोर बिसर्जनमा अबरोध गर्ने र नुवाकोट–धादिङबाट प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिले दैनिक सम्बोधन गर्ने लगायतका बिरोधका कार्यक्रम राखिएको छ । बिरोधका कार्यक्रम अन्तरगत शनिबार बिहानैदेखि फोहोर बिसर्जनस्थल नुवाकोटको सिसडोल स्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडामा सडक अबरुद्ध बनाई फोहोर बोकेर आउने गाडी प्रवेश गर्न नपाउने उहाँले जानकारी दिनुभयो ।

“सरकारलाई पूर्व जानकारी र ध्यानाकर्षण सहितको मागपत्र राखेर गरिएको शान्तिपूर्ण आन्दोलनमा स्वच्छ वातावरणमा बाच्न पाउने सबैको अधिकारको मागका विषयमा सडकमा बसेर छलफल गर्नेछौ ।” संयोजक ढुङ्गानाले भन्नुभयो “फोहोर बिसर्जनका सम्बन्धमा विगतका सहमतीको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहोर फाल्न रोक लगाएका हौँ ।”

समितिले राखेका ११ बुँदे मागमा मानववस्ती रहित ल्याण्डफिल्ड साइट विकास क्षेत्र र फोहारमैला प्रदूषण रहित वस्ती विकास क्षेत्र बनाउन, उक्त क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गर्न, फोहोरमैला विकास प्राधिकरण गठन सहितको उद्योगको स्थापना गर्न र राष्ट्रिय गौरवको आयोजनाको निर्णय गर्न माग राखिएको छ ।

यसैगरी, फोहोर बिसर्जन गर्ने क्षेत्रका सशस्त्र प्रहरीको एकाई (पोष्ट) हटाउन, प्रभावित क्षेत्रका दुईसय जना युवालाई रोजगारको अवसर, नेप वेस्ट प्रालीसंग सरकारले गरेका सम्झौताको खारेजी, फोहोरमैला व्यावस्थापन ऐन २०६८ र फोहोरमैला व्यावस्थापन राष्ट्रिय नीति २०७९ को खारेजी, फोहोर बिसर्जनको क्षेत्रमा प्रस्ताव गरिएका योजना तथा कार्यक्रमको दु्रत प्रक्रिया मार्फत काम गर्न मन्त्रिपरिषद्बाट विशेष निर्णय गर्न माग गरिएको छ ।

आजदेखि सुरु भएको बिरोधको कार्यक्रम आगामी बैशाख २१ गतेसम्म चल्ने छ । उक्त अवधिमा नुवाकोट र रसुवाबाट प्रतिनिधित्व गर्ने संघीय, प्रदेस र स्थानीयतहका जनप्रतिनिधि र दलीय प्रतिनिधिलाई सम्बोधनको लागी दैनिक कार्यक्रम तालिका सार्वजनिक गरिएको छ ।

काठमाडौ महानगरपालिका सहित उपत्यका र आसपासका पालिकाबाट उत्पन्न हुने फोहोर बिसर्जनमा लापरबाही हुदाँ स्थानीय क्षेत्र प्रदूषित बनाएकाले आन्दोलन गर्न बाध्य भएको समितिका सदस्य तथा स्थानीय युवा अमृत कार्कीले बताउनुभयो । फोहोर बिसर्जनमा बैज्ञानिक पद्धतिको अवलम्वन नहुदाँ र उत्पन्न समस्या समाधानमा चासो नदिदा समस्या बिकराल बन्न पुगेकाले बिरोध गर्नुपरेको उहाँको भनाई छ ।

नुवाकोट र धादिङमा पर्ने बञ्चरेडाँडा ल्यान्डफिल्ड क्षेत्रमा दैनिक करीब एकहजार पाचसय टन फोहोर विर्सजन हुने गरेको छ । त्यसमध्ये काठमाडौ महानगरपालिकाबाट दैनिक सातसय, ललितपुर महानगरपालिकाबाट दैनिक एकसय ५० टन र बाँकी उपत्यका सहित आसपासका विभिन्न सोह्र स्थानीयतहका फोहोर बिसर्जनको लागी ल्याइने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web