सुन तोलाको १ लाख ३४ हजारमा कारोबार

चैत्र २२, २०८० मा प्रकाशित | 298 views


काठमाडौँ । नेपाली बजारमा सुनको भाउमा रेकर्ड कायम गरेको छ। विगत केही महिनादेखि नै सुन र चाँदीको भाउ निरन्तर उकालो यात्रामा रहेको छ।

अमेरिकी डलरको मूल्यमा देखिएको मजवुतिसँगै त्यसको प्रभाव सुनको मुल्यमा पर्दै गएको हो ।

बुधबार १ लाख ३३ हजार रुपैयाँ पुगेर ऐतिहासिक बिन्दुमा कारोबार भएको छापावाला सुन आज एक हजार रुपैयाँले बढेको छ ।

बुधबार सुनको भाउ प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको थियो। बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ६१० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २९८ दशमलव ०२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ दशमलव ०७ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web