अण्डाको नयाँ विक्री मूल्य निर्धारण

चैत्र २२, २०८० मा प्रकाशित | 241 views


काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन विक्री मूल्य निर्धारण गरेको छ । यसअनुसार मध्यम अण्डा क्रेटको ३७५ रुपैयाँ, ठूलो अण्डा क्रेटको ३९० रुपैयाँ र अझै ठूलो अर्थात एक्सएल अण्डा क्रेटको ४५० रूपैयाँ कायम गरिएको छ ।

सङ्घले नयाँ समर्थन मूल्यअनुसार कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ । इटहरी, धनगढी र काठमाण्डौमा तीन दिनसम्म भएको सङ्घको व्यवसायी भेलाले अण्डाको समर्थन विक्री मूल्य निर्धारण गरेको हो ।

नयाँ मूल्य आजैदेखि लागू भएको सङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web