
नुवाकोट । नेपाली कांग्रेस नुवाकोट संगठन विभागले नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ६ स्थित नेपाल घेदुङ आधारभुत विद्यालयको विद्यार्थीहरुलाई पोशाक तथा खेलकुल सामाग्री वितरण गरेको छ ।
बुधबार औपचारिक कार्यक्रम गरि पोशाक तथा खेलकुल सामाग्री वितरण गरेको नेपाली काङ्ग्रेस नुवाकोट संगठन बिभागका प्रमुख श्रीराम श्रेष्ठले जानकारी गराउनु भएको हो ।
नेपाली काङ्ग्रेस नुवाकोट संगठन बिभागका प्रमुख तथा नेपाली काङ्ग्रेस नुवाकोटका सचिव श्रीराम श्रेष्ठले गुणस्तरीय शिक्षाको लागि व्यवस्थापन समिती, शिक्षक, अभिभावक र विद्यार्थीहरु लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष होमराज तामाङ, नेका प्रदेश सचिव अच्युत रिजाल, पार्टी वडा सभापति रेवतीप्रसाल नेपाल, महिला नेतृ सन्तोसी लामा लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
25.01¡ÆC