आर्थिक समृद्धिको लागी सबै एकजुट हुनुपर्छ : पूर्वअर्थमन्त्री लोहनी

चैत्र १७, २०८० मा प्रकाशित | 304 views


बट्टार । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले देशमा रोजगारको सिर्जना र आर्थिक समृद्धिको लागी सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

राप्रपा नुवाकोटले शुक्रबार विदुर नगरपालिका–४ बट्टारमा आयोजना गरेको बिशाल सभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका लोहनीले देशको अर्थतन्त्र सुधारको लागी युवा पुस्तालाई रोजगार र कृषि क्षेत्रमा संलग्न गराउने कार्यक्रम समावेश गर्नुपर्ने बताउनुभयो ।

आफू अर्थमन्त्री हुदाँ आवश्यकताको आधारमा पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकता दिएको स्मरण गर्दै अबको दिनमा नयाँ उद्योग कल–काराखानाको स्थापना, कृषि उब्जनीको बृद्धि र पशुपालनबाट अर्थतन्त्रको सुधार गर्न सरोकारवाला जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

“विगतमा भन्दा कृषि उब्जनीमा ब्यापक सुधार भएपनि त्यसबाट आत्मनिर्भर बनाउन सकिएको छैन ।” पूर्वअर्थमन्त्री लोहनीले भन्नुभयो “कृषिमा आधुनिकीकरण र यन्त्रिकरणको उपयोग, विशेष आर्थिक क्षेत्र (सेज)को निर्माण, स्वदेसमा सीपयुक्त शिक्षा दिएर युवालाई आर्थिक परिवर्तनमा जोड्नुपर्छ ।”

कार्यक्रममा राप्रपा केन्द्रीय महामन्त्री डा.धवलशम्शेर राणाले ‘अबस्था परिवर्तन गर्न व्यवस्था परिवर्तनको लागी’ सडक आन्दोलनमा रहेको बताउनुभयो ।

मुलुकको आर्थिक सुधारको लागी भ्रष्टाचारमुक्त शासकीय व्यवस्थाको निर्माण गर्न राप्रपाले राजसँस्था, हिन्दूधर्म, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, प्रदेस संरचनाको परिवर्तनको लागी संघर्षमा उत्रिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web