बाग्मती प्रदेश सरकारमा हाम्रो नेपाल पार्टी सहभागी

चैत्र १६, २०८० मा प्रकाशित | 212 views


काठमाडौँ । हाम्रो नेपाली पार्टी (हानेपा) बाग्मती प्रदेश सरकारमा सहभागी भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएको दुई दिनभित्रै पार्टीका नेता शैलेन्द्र बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री बन्नुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजो नै बज्राचार्यलाई समावेश गरी मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।

मङ्गलवार हानेपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । केन्द्रमा नयाँ गठबन्धन बनेपछि तत्कालीन सत्तासाझेदार दल कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । आउँदो २२ गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको अवस्थामा दुईं सांसद रहेको हानेपा सरकारमा सहभागी भएसँगै बाग्मती प्रदेश सरकारको सङ्कट तत्काललाई टरेको छ ।

एक सय १० सदस्य रहेको बाग्मती प्रदेश सभामा सरकार बनाउन ५६ सांसद आवश्यक पर्छ । प्रदेश सभामा नयाँ गठबन्धनका दलहरू एमालेसँग २७, माओवादी केन्द्रसँग २१ र एकीकृत समाजवादीसँग ७ गरी जम्मा ५५ सांसद छन् । दुई सांसद रहेको हानेपा थपिएपछि जम्कट्टेल नेतृत्वको सरकारले बहुमत सदस्य जुटाएको छ ।

यस्तै बाग्मती प्रदेशका सत्तारुढ दलहरु नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच प्रदेश सरकार गठनका विषयमा ५ बुँदे सहमति पनि भएको छ । पाँच वर्षका लागि निर्वाचित गरेको प्रदेश सभाको बाँकी पुरै कार्यकालको लागि सहकार्य गरी राजनीतिक स्थायित्व, विकास र समृद्धिको नागरिक चाहनालाई आत्मसात गरी प्रदेश सरकार निर्माण र सञ्चालन गर्ने विषयमा सहमति भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web