ललितपुरमा दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु

चैत्र १२, २०८० मा प्रकाशित | 221 views


काठमाडौँ । ललितपुरको ढोलाहिटीमा आइतबार राति दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार झडपका क्रममा छुरी प्रहारबाट दुईजनाको ज्यान गएको हो ।

धरान घर भई ढोलाहिटी बस्ने रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने पूजन राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी नरेश सुवेदीले जानकारी दिए ।

घटना आइतबार राति १० बजेपछिको हो। सुवेदीका अनुसार राति ११ बजेतिर एकजनालाई सुमेरु र एकजनालाई पाटन अस्पताल लगिएपछि प्रहरीले घटनाबारे जानकारी पाएको हो। अस्पताल पुर् याउनेबित्तिकै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए ।

घटनास्थलबाट प्रहरीले एकथान छुरी र एउटा छुरीको बिँड बरामद गरेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ । ‘रातिको घटना भएकाले धेरै कुरा खुल्न बाँकी छ, एसपी सुवेदीले भने, ‘घटनामा संलग्न भएको आशंकामा दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएका छौँ ।

फागुपर्व मनाउने क्रममा विवाद भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web