
नुवाकोट । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजले नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाबाट सञ्चालित ‘आकस्मिक रक्तदान कार्यक्रम’मा ४३ औँ पटक रक्तदान गर्नुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाबाट सञ्चालित ‘आकस्मिक रक्तदान कार्यक्रम’मा शुक्रबार ४३ औँ पटक रक्तदान गर्नुभएको हो ।
नुवाकोट जस्तो पबित्र भुमिमा आएर रगत दिएर पबित्र कार्य गर्न पाएको भन्दै जीवनमा एकपटक रक्तदान गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।
आफुले २०६१ सालमा आन्दोलनकारी र सुरक्षाकर्मीबिच दैनिक जसो दोहरो झडप भइरहेको अवस्थामा घाइतेलाई रक्तदान गरि शुरूवात गरिएको बताउनुभयो ।
जिल्ला तथा समाजका अगुवाले रक्तदान गर्दा सर्वसाधारणलाई राम्रो सन्देश जाने र उनीहरुलाई पनि रक्तदान गर्न प्रेरित हुने र रक्तदानले आफ्नो स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने भएको कारण झन्डै २० वर्ष अघिदेखि रक्तदान सुरु गरेको उनको भनाई छ।
20.27¡ÆC