प्रश्नपत्रमा त्रुटि भएको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन परीक्षा समितिलाई अध्यक्ष अधिकारीको निर्देशन

चैत्र ८, २०८० मा प्रकाशित | 397 views

प्रश्नपत्रमा त्रुटि भएको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन परीक्षा समितिलाई अध्यक्ष अधिकारीको निर्देशन

दाङसिंह । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले प्रश्नपत्र निर्माणमा भएको त्रुटिका सम्बन्धमा गाउँ परीक्षा समितिसँग २४ घन्टे स्पष्टीकरण माग्नुभएको छ ।
गाउँ शिक्षा समितिका संयोजक समेत रहेका अध्यक्ष अधिकारीले भोलि (शुक्रबार) १० बजे स्वयम् गाउँपालिका कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेस गर्न राजाराम अधिकारी संयोजक रहेको नौ सदस्यीय परीक्षा समितिलाई निर्देशन दिनुभएको हो ।

शैक्षिक सुधारको अभियान चलिरहँदा यस्तो त्रुटि हुनु दुःखको विषय भएको भन्दै अध्यक्ष अधिकारीले चित्त बुझ्दो स्पष्टीकरण नआए कारबाहीको प्रक्रिया सुरु गरिने बताउनुभएको छ ।
परीक्षा समितिमा शिक्षकहरू राजाराम अधिकारी, राजकुमार रिमाल, सुदीप ढुङ्गाना, मेनुका श्रेष्ठ, अमृत अधिकारी, विष्णु कुमार तामाङ, राम प्रसाद अधिकारी, सीताराम वस्ती, मिना लामिछाने र राजाराम अधिकारी हुनुहुन्छ ।

सामाजिक सञ्जालमा आइरहेका टीका टिप्पणीका सम्बन्धमा अध्यक्ष अधिकारीले त्रुटिलाई सच्याउन र आइन्दा यस्तो त्रुटि हुन नदिन गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै मानवीय त्रुटिको विषयलाई अतिरञ्जित नगर्न सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web